‘गलबन्दी’ को रेकर्ड, १८ दिनमै एक करोड भ्युज

लोक गायक प्रकाश सपुतको ‘गलबन्दी’ बोलको गीतले सार्वजनिक भएको १८ दिनमै एक करोड भ्युज पाएको छ । यो गीत छोटो समयमै दर्शकको मनमा बस्न सफल भएको हो । गीतको भिडियो हेर्नुस् :

प्रकाश सपुतलाई गायनमा शान्ति श्री परियारले साथ दिएकी छिन् । गीतमा शब्द संगीत प्रकाशकै रहेको छ । उनले गीतमा अन्जली अधिकारीसँग अभिनय पनि गरेका छन् । संगीत संयोजन कृष्ण विक ‘भान्जा’को रहेको छ ।

करण चैसिरले छायांकन गरेको गीतलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । प्रकाश सपुतले निर्देशन गरेको गीतमा देवन्द्र बब्लुले सह निर्देशन गरेका छन् । अहिलेपनि युटुव ट्रेन्डिङ्गमा रहेको गलबन्दी गीत टिकटक देखि सर्वसाधरण माझ लोकप्रिय भैरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha