दमदार बन्यो ‘मारुनी’ को ‘जाम्न माया जाम’ (भिडियो)

फिल्म ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । दिपक बज्राचार्यको संगीत तथा स्वर रहेको गीतको भिडियोमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले दमदार नृत्य प्रस्तुत गरेका छन् । भिडियो हेर्नुस् :

जाम्न माया जाम को कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् । गीतको शब्द रिक्की शाक्यले लेखेका छन् । नवल नेपालको निर्देशन रहेको फिल्ममा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ । मारुनी लाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् ।

फिल्मको कथा निर्देशक नेपाल र गोविन्द्र फुयालले तयार पारेका हुन् । संजय लामाले छायांकन गरेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका छन् । यो फिल्म भदौ १३ गते देखि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha