निर्देशक नवल नेपाललाई चाहियो नकारात्मक प्रतिक्रिया

आफुले गरेको कामको प्रतिक्रिया सकारात्मक आइदियोस् भन्ने सबैको चाहाना हुन्छ । नकारात्मक प्रतिक्रियाले मन दुख्नु मानविय स्वभाव हो । तर फिल्म ‘मारुनी’ का निर्देशक नवल नेपाल भने सकारात्मक भन्दा पनि नकारात्मक प्रतिक्रियामा रमाउने व्यक्तिमा दर्ज भएका छन् ।

प्रसंग हो, फिल्म ‘मारुनी’को ‘जाम्न माया जाम’ गीत रिलिज कार्यक्रमको । मंगलबार गीत रिलिज कार्यक्रममा आफ्ना कुरा राख्ने क्रममा निर्देशक नेपालले गीतबाट नकारात्मक प्रतिक्रिया पाए आफ्नो टिम धेरै खुसी हुने उल्टो कुरा गरे । उनले भने, ‘गीतले नकारात्मक प्रतिक्रिया पाए हामी धेरै खुसी हुन्छौं । सकारात्मक पाए थोरै खुसी हुन्छौं ।’ यसको अर्थ के ‘मारुनी’को गीत नकारात्मक प्रतिक्रिया पाउने प्रकारको बनेको हो त ? भन्ने हुन्छ ।

तर, ‘मारुनी’ को गीत नराम्रो नै भन्नु पर्ने नबनेको भिडियोमा आएका प्रतिक्रिया बाट पनि स्पष्ट हुन्छ । यसो हो भने फिल्मका निर्देशकले किन गीतबाट नकारात्मक प्रतिक्रियाको बढी आशा राखे त ? किनकी केही व्यक्ति राम्रो कुरा आउन नराम्रो भनिदिनुस् है, भन्ने धारणा व्यक्त गर्दछन् । यस्तै मध्येमा नर्देशक नेपाल पनि परेका हुन् ।

यस्तै फिल्म ‘मारुनी’ चाहिं कस्तो बनेको होला त ? धेरै आशा राख्दा दुःखी हुन सक्नेछौं । तर हामी के कुरामा ढुक्क हुनेछौं भने फिल्मलाई हामीले सन्तुष्टि दिनेछ, नेपाल भन्छन् । पुनम क्षेत्री गौतमले निर्माण गरेको फिल्म ‘मारुनी’ मा पुष्प खड्का र साम्राज्ञीराज्य लक्ष्मी शाहको मुख्य भूमिका छ । फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha