सलमानको सल्लाहमा रोहितले ‘सुर्यवंशी’ सारे

एजेन्सी– बलिउड अभिनेता सलमान खानले निर्देशक रोहित शेट्टीप्रति भाईचार देखाउदै ‘सुर्यवंशी’को रिलिज डेट सार्वजनिक गरेका छन् । सुर्यवंशीमा अक्षय कुमार, अजय देवगन, रणवीर सिंह र कैटरिना कैफको मुख्य भुमिका रहेको छ ।

बक्स अफिसमा सलमान र अक्षयको फिल्म बक्स अफिसमा टक्कर हुने अनुमान लगाइएको थियो । सलमानले रोहित शेट्टीसँग छलफल गरेर फिल्मको रिलिज डेटमा बदलेका हुन् । सलमानले रोहितसँगको फोटो सार्वजनिक गर्दै फिल्मको रिलिज डेट सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘मैंले रोहितलाई सधैँ सानो भाई जस्तै मानेको छु । आज सावित भएको छ । रोहित शेट्टीको सुर्यवंशी २०२० मार्च २७ मा रिलिज हुँदैछ ।’

निर्देशक शेट्टीले यो फिल्म अर्काे वर्ष इदमा रिलिज गर्ने योजना बनाएका थिए । सलमान खानले २००९ देखि इदमा आफ्नो फिल्म रिलिज गर्दै आएका छन् । यो वर्ष इदको अवसरमा ‘भारत’ प्रर्दशन गरेका छन् । यो फिल्मको सफलतासँगै उनले अर्काे वर्ष इदमा सञ्जय लीला भन्सालीले निर्देशन गर्ने फिल्म ‘इन्शाहअल्लाह’ रिलिज गर्ने घोषणा गरेका छन् । यो फिल्ममा सलमान खान र आलियाको मुख्य भुमिका रहेको छ ।

अब इन्शाअल्लाह र सुर्यवंशी दुवै फिल्म सोलो रिलिज हुने सम्भावना रहेको छ । यो दुवै फिल्मको लागि फाइदाको कुरा हो । सलमान र अक्षयको फिल्म हेर्नको लागि दर्शक बाँडिनु नपर्ने भएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha