दीपकराज र ऋचाको मध्यस्थता, यसो गर्दा उचित होला

गत शुक्रबार ‘बीर विक्रम २’का निर्देशक मिलन चाम्सले प्यारोडी समिक्षा गरेको भन्दै मिम नेपाल विरुद्ध साइबर अपराधको मुद्धा चलाएका छन् । प्रनेश गौतमले व्यांग्यात्मक तरिकाले ‘बीर विक्रम २’को समिक्षा गरेर मिम नेपाल युटुव च्यानलमा अपलोड गरेका थिए । उनले फिल्म र कलाकारको अभिनयमा कुनै दम नभएको उल्लेख गर्दै समिक्षा गरेका थिए । जनु समिक्षाको कारण व्यावसाय र कलाकारको मानहानी भएको भन्दै निर्माता तथा निर्देशक मिलन चाम्सले मिम नेपाल विरुद्ध उजुरी गरेका थिए ।

अदालतले प्रक्राउ गर्न आदेश दिएपछि मिम नेपालका प्रनेश गौतम र आदर्श मिश्रलाई नियन्त्रणमा लिएको थियो । आदर्श मिश्र साधरण तारिखमा रिहा भए भने प्रनेश गौतम थुनामा परेका छन् । एक सातासम्म रिहा नभएपनि प्रनेश गौतमलाई रिहा गर अभियान नै थालिएको छ । यो अभियानमा सर्वसाधरण देखि कलाकारहरु पनि सहभागि भएका छन् । सर्वसाधारणले सडकमा नारा सहित रिहाको माग गरेका छन् भने कलाकारहरुले सामाजिक सञ्जाल मार्फत आफ्नो अभिव्यक्ति राखेका छन् ।

सांसद गगन थापाले मिम नेपाललाई समर्थन गरेर टुविट गरेसँगै कलाकारहरुले आफ्नो कुरा खुलेर राखेका छन् । निर्माता तथा अभिनेता दिपकराज गिरीले गल्ति गर्नेले कानुनी सजाय पाउनु पर्छ तर कतिपय केशमा संयमता अपनाउन पर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘गल्ति गर्नेले कानुनी सँजाय भोग्नु पर्छ । तर कहिलेकाहि मानविय दृष्टिकोणबाट पनि हेरिनु पर्छ जस्तो लाग्छ । मिम नेपाल र मिलन चाम्सजीको यो केशबाट मैले छक्का पन्जा पाइरेसी केशलाइ सम्झि रहेको छु । त्यति बेला हामिले संयमता अपनाउँदा अपनाउँदै त त्यस्तो दुर्घटना हुन पुग्यो । त्यो कुरा अहिले पनि पिडाबोध भैरहन्छ । यो केशमा पनि अलि संयमता जÞरूरी छ । क्षमा दान पनि ठूलो दान हो । दुर्व पक्षले बसेर गल्ति गर्नेले आत्म आलोचना गर्ने र सम्बन्धित पक्षले हाम्रै घरको बिषय हो भनेर माफि दिन तिर लाग्नु नै उत्तम हुन्छ जस्तो लाग्छ ।’

नायिका ऋर्चा शर्माले यो घटनालाई नजिकबाट नियाल्ने प्रतिबद्धताको साथै गलत काम गर्नेलाई सजाय दिनु उचित हो तर एक हप्तासम्म थुनामा राख्नु अनुचित रहेको बताएकी छिन् । ‘वर्षौ लगाएर एउटा सिनेमाकर्मीले उसको पहिचान बनाएको हुन्छ । ती कुरामा प्रश्न उठाउदा एउटा सिनेमाकर्मीले हासिहासी त्यो कुरा स्विकार गरेको भए पनि मनमा एकदमै पिडा भएको हुन्छ । मिम नेपालको केशमा नेपाली फिल्मलाई केहि भन्नै नहुने जस्तो विचार आएको छ त्यो गलत हो, बल्ल बल्ल उकालो लाग्दै गरेको नेपाली क्षेत्रबाट दर्शक हरु फेरी भाग्न प्रेरित नगरौ’ जस्ता कुरा फेसबुक स्टाटसमा उल्लेख गरेकी छिन् । त्यस्तै, नायिका स्वस्तिमा खड्काले नेपालको कानुन प्रति आश्र्चय भएको उल्लेख गरेकी छिन् । उनले नेपालको कानुनमा मानवता र मानहानी फरक रहेको समेत बताएकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha