‘गलत हल्ला फैलाइयो’ : मिलन चाम्स (भिडियो)

गत शुक्रबार ‘बीर विक्रम २’का निर्देशक मिलन चाम्सले प्यारोडी समिक्षा गरेको भन्दै मिम नेपाल विरुद्ध साइबर अपराधको मुद्धा चलाएका छन् । प्रनेश गौतमले व्यांग्यात्मक तरिकाले ‘बीर विक्रम २’को समिक्षा गरेर मिम नेपाल युटुव च्यानलमा अपलोड गरेका थिए । उनले फिल्म र कलाकारको अभिनयमा कुनै दम नभएको उल्लेख गर्दै समिक्षा गरेका थिए । जनु समिक्षाको कारण व्यावसाय र कलाकारको मानहानी भएको भन्दै निर्माता तथा निर्देशक मिलन चाम्सले मिम नेपाल विरुद्ध उजुरी गरेका थिए । बुधबार निर्देशक चाम्सले प्रेसमिट गर्दै घटना बारे थप जानकारी दिएका छन् । भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha