‘जात्रै जात्रा’को उत्सवमा को-को पुगे ? (फोटो फिचर)

फिल्म ‘जात्रै जात्रा’ले ७ वटा हलमा ५१ औं दिन मनाउन सफल भएको छ । यो फिल्मको ५१ औं दिनको सफलता शनिबार काठमाण्डौंको सोल्टि होटलमा भव्य कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा जात्रै जात्राका कलाकार, प्राविधिक, वितरक र मिडियाकर्मीलाई सम्मान तथा प्रमाण पत्र वितरण गरिएको थियो । यो फिल्म निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेको तेस्रो सफल फिल्म हो । उनलाई निर्माण टिमले तीन वटा ५१ दिन मनाउने फिल्मको नाम सहित फोटो अंकित भएको प्रदान गरिएको थियो ।

कार्यक्रममा जात्रै जात्राको पुरै टिमसँगै वरिष्ठ कलाकार हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, सन्दिप क्षेत्री, नायिका स्वेता खड्का, केकी अधिकारी, पुजा शर्मा, रिमा विश्वकर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई लगायत पुगेका थिए । यस्तै निर्देशक निश्चल बस्नेत, हेमराज विसी, निर्माता माधव वाग्ले लगायत कार्यक्रममा उपस्थित थिए । फोटो र भिडियो : उद्धव रसाइली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha