उमेरले नछेकेको छवि र शिल्पाको प्रेम यसरी बस्यो (भिडियो सहित)

गोप्य रुपमा विवाह गरेका निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल यतिबेला सम्बन्ध विच्छेदको संघारमा छन् । पति ओझा विरुद्ध शिल्पाले काठमाण्डौं प्रहरी परिसर, टेकुमा घरेलु हिंसाको उजुरी दर्ता गरेकी छिन् । छलफलको लागि बिहिबार छवि र शिल्पा टेकु पुगेका छन् । हेरौं, छवि र शिल्पाको यो विवादले कुन मोड लिन्छ ? अहिलेलाई भने उनीहरुको प्रेमको छोटो चर्चा गरौं :

फिल्म मंगलम रिलिज ताका निर्माता छविराज ओझो र नायिका शिल्पा पोखरेलले आफुहरुबिच गहिरो प्रेममा रहेको भने सहजै स्विकार गरेका थिए । रमाइलो छ ले लिएको अन्तर्वार्तामा उनीहरुले छुट्टिनै नसक्ने भनेका थिए । शिल्पा र छविको उमेरमा लामो अन्तर छ । उनीहरुलाई बाबु छोरी जस्तो देखिन्छ भनेर धेरैले कमेन्ट गरेका थिए । तर शिल्पाले छविराज ओझासँगको सम्बन्धमा निकै सन्तुष्ट रहेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘मलाई डेटमा जाउँ भन्ने खाल्को भावना कहिले आएन । त्यसैले पनि म उहाँसँग एकदमै सन्तुष्ट छु । मैंले खोजेको जस्तै मान्छे भेटेको छु ।’ यो अन्तर्वाता दिदै गर्दा पनि शिल्पाको हातमा पोलेको दाग थियो । उनले कपालमा आइरन गर्दा पोलेको बताएकी थिइन् ।

शिल्पासँग तेश्रो पटक विवाह गरेका छविराज पनिले उमेरको प्रेम सम्बन्धमा केहि फरक नपर्ने बताएका थिए । उनले भने, ‘सम्बन्ध भनेको मन मिलेपछि हुने हो । प्रेमले उमेर पनि भन्दैन र कुनै कुरा हेर्दैन । मन मिलेपछि सँगै बसिन्छ । मन नै नमिलेपछि उमेरमा अन्तर नभएका पनि छुटिन सक्छन ।’ शिल्पाले छुट्टिने कुरा नै नगर्नु भन्दै जीवन भर साथ दिने बाचा गरेकी थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha