‘लक्का जवान’मा प्रियंका फिट, अरु कलाकारको हेर्नुस् लिस्ट

शिवहरी पौडेलको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘लक्का जवान’मा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छिन् । उनले बुधबार निर्देशक पौडेल र निर्माता किरण केसीसँग लिखित सम्झौता गरेकी छिन् । शिवहरी र प्रियंकाले फिल्म ‘छक्का पन्जा’मा स्क्रिन सेयर गरेका थिए ।


यो फिल्ममा प्रियंकाको मुख्य भुमिका रहने फिल्मका निर्माता किरण केसीले बताए । उनले भने, ‘यो फिल्ममा प्रियंकाको मुख्य भुमिका छ । तर फिल्मका कलाकार सबै फाइनल भएका छैनन् । केहि दिन पछि फिल्मको औपचारिक कार्यक्रम गरेर सम्पुर्ण टिम सार्वजनिक गर्नेछौं ।’ यो फिल्ममा प्रियंका सोलो नायिका भने होइनन् । फिल्मको अर्की नायिकाको पनि अभिनय रहने छ । तर, को हुने भन्ने पक्का भएको छैन । यो फिल्मको लागि प्रियंकासँगै नायक दिलिप रायमाझी, शिवहरी पौडेल, जयन्द लामा, राजाराम पौडेल, किरण केसी फाइनल भइसकेका छन् ।


किरण केसीको निर्माणमा तयार हुन लागेको फिल्ममा दिलिप रायमाझी सह–निर्माता रहेका छन् । यो फिल्मको भदौको पहिलो साताबाट छायांनक सुरु गरिने छ । यो फिल्म चैत ७ गते देखि प्रर्दशनमा ल्याउने तयारी रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha