आँचल शर्माको दाबी, ‘उदिप मिल्ने साथी मात्र हो’

फिल्म नगरीमा मात्रै नभएर दर्शकमाझ पनि आँप जोडी चर्चित छ । आँप अर्थात् आँचल शर्मा र पल शाह । दर्जनौं म्युजिक भिडियो र तीन वटा फिल्ममा एकसाथ काम गरेक आँचल र पललाई रियल जोडी मान्ने धेरै छन् । तर ‘आँप जोडी’ मिल्ने साथी भन्दै पन्छिने गरेका छन् ।

यस्तैमा नायिका आँचल शर्माले उदिप श्रेष्ठलाई आफ्नो इन्स्टाग्राममा वेस्ट फ्रेन्ड भन्दै स्टोरी हालेकी छिन्, जसको चर्चा एकान दुई कान हुँदै मैदान भएको छ । आफ्नो स्टोरीमा खासै अरुलाई नअटाउने आँचलले यी युवालाई बेस्ट फ्रेन्ड भन्दै स्टोरीमा राख्नुले कतै दुई बिच केही त पाकिरहेको छैन भन्ने आशंका धेरैले गरेका छन् ।

तर आँचलले एउटा तस्बिर स्टोरीमा राख्दैमा प्रेमी नहुने बताइन् । उनले भनिन्, ‘इन्स्टाग्राम स्टोरीमा फोटो राख्दैमा प्रेमी हुन्छ भन्ने हुँदैन । ऊ मेरो मिल्ने साथी मात्र हो । हामी बिच त्यस्तो केहि छैन ।’
आँचल र उदिप बिचको सम्बन्ध के होला त ? के उनीहरु मिल्ने साथी मात्रै होलान् त ? यो रहस्य विस्तारै खुल्दै जाला ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha