छविसँगको सहमतीपछि शिल्पा रुदै बाहिरिइन् (भिडियो)

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरलेबिच बिहिबार टेकु परिसरमासहमति भएको छ । शिल्पाले घरेलु हिंसा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उजुरी गरेकी थिइन् ।


छवि र शिल्पाले विवाह भएको लुकाउँदै आएका थिए । एकाएक डिर्भाेसको खबर आउँदा महोल निकै तातेको थियो । छविराज ओझाकी शिल्पा चौथो श्रीमती हुन् । उनले ओझाले निर्माण गरेको फिल्म ‘लज्जा’बाट डेब्यु गरेकी हुन् ।


उनीहरुले आगामी दिनमा झगडा नगर्ने भन्दै लिखित सम्भौता भएको हो । तर, ओझाले डिर्भोस नदिने उल्लेख गरेका छन् । घरझगडा भएपछि शिल्पा अहिले दाई बनाएकी विकाश रौनियारको घरमा बस्दै आएकी छिन् । टेकु निस्किएपछि पनि शिल्पा दाइ रौनियारकै गाडीमा बसेर गइन् । गाडीमा उनी रोइ रहेकी देखिन्थिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha