‘साइनो’मा नीता, मिरुना र राजको सम्बन्ध के हो ? (प्रोमो)

नेपालकी प्रथम नायिका भुवन चन्दको निर्माणमा तयार भएको फिल्म ‘साइनो’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर

ट्रेलरमा मिरुना मगर, राज कुमार र नीता ढुंगानाको त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ । फिल्ममा मिरुना, राज र नीतासँगै भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई शिखा मल्ल, राजा राजेन्द्र पोखरेल, विशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आर्चाय, रामेश्वर बुर्लाकोटी, बसुकला मैनाली लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मको कथा अभिमन्यु ‘निरवी’ले तयार पारेका हुन् ।

रमेश थापाले निर्देशन गरेको फिल्ममा सह–निर्माता शरण थापा रहेका छन् । रामेश्वर कार्की र नवराज उप्रेतीले छायांकन गरेको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । यो फिल्म साउन २४ गते देखि प्रर्दशनमा हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha