१ नम्वर ट्रेन्डिङ्गमा टंक र मेलिनाको ‘कसरी कसरी २’

टंक बुढाथोकी र मेलिना राईको पछिल्लो गीत ‘कसरी कसरी २’ बोलको गीत ट्रेन्डिङ्गको शिर्ष स्थानमा पर्न सफल भएको छ । यो गीत सार्वजनिक भएको एक दिनमै ट्रेन्डिङ्गको पहिलो नम्बरमा परेको हो । गीतको भिडियो हेर्नुस् :

यो समाचार तयार पार्दा गीतलाई ८ लाख ३८ हजार भन्दा बढि भ्युज मिलेको छ । यो गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । दीपकराज सुनारले कोरियोग्राफी गरेको गीतमा टंक र मेलिनासँगै सुनिल क्षेत्री, एआर बुढाथोकी, आयुष गुरागाईं, दिपा श्रेष्ठ, दमन्ता श्रेष्ठ फिचर्ड छन् ।

गीतमा गायक टंककै शब्द तथा संगीत रहेको छ । सुदिप बरालले खिचेको म्युजिक भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् । कविराज गहतराजले निर्देशन गरेको गीतलाई करण सिंहले निर्माण गरेको छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha