‘बागी ३’ मा एयर होस्टेस बन्दै श्रद्धा

एजेन्सी– श्रद्धा कपूर आफ्नो फिल्मी करियरमा विभिन्न भुमिका निभाउदै आएकी छिन् । अब, उनी पहिलो पटक एयर होस्टेसको भुमिकामा देखिदैछिन् । भारतिय मिडिया अनुसार, श्रद्धा ‘बागी ३’मा एयर होस्टेसको भुमिका निभाउदै छिन् ।


उनी यो फिल्मको लागि एयर होस्टेस बन्न ट्रेनिङ्ग लिनेछिन् । श्रद्धालाई पुरै एयर होस्टेसको लुकमा ढाल्नको लागि बागी ३ को टीमले श्रद्धाको लुकमा काम गर्न सुरु गरिसकेका छन् । श्रद्धा मुम्बईमा सेक्टेबर देखि फिल्मको सुटिङ सुरु गर्नेछिन् । मुम्बई पछि फिल्म टीम आगरामा सुटिङ गरेपछि देश बाहिर जाने योजनामा रहेका छन् ।


यो फिल्मको लागि टाइगर श्राफ इजराइल गएर ट्रेनिङ्ग लिइरहेका छन् । टाइगर वील्ड मेसिन, शर्टगन, पिस्टोल्स र अरु हातहतियार चलाउन सिक्ने छन् । साथै श्रद्धा पनि फिल्ममा एक्सन स्टन्ट गर्नेछिन् ।


श्रद्धाको फिल्म ‘साहो’ यहिँ अगस्त ३० अर्थात भदौ १३ गते देखि प्रर्दशन हुँदैछ । यो फिल्ममा प्रभासको साथै श्रद्धाको पनि एक्सन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha