४० वर्षीय राखीले गरिन् फ्यानसँग गोप्य विवाह

एजेन्सी– बलिउडकी आइटम गर्ल राखी सावन्तले विवाह गरेको स्विकारेकी छिन् । उनले केहि दिन अगाडी विवाह गरेकी हुन् । यसअघि ४० वर्षीय कन्ट्रोभर्सी क्विन राखीले विवाह गरेको अस्विकार गरेकी थिइन् । उनको श्रीमानको नाम रितेश हो । उनी युरोपमा बस्छन् । विवाहपछि उनी पूनः विदेश गइसकेका छन् ।


राखी सावन्त पनि विदेश जाने
राखीले भनिन्, ‘म आफ्नो भिषाको पर्खाइमा छु । उहाँ पहिला जानु भयो । म पनि छिट्टै जान्छु । तर, म बलिउड र टीभीमा काम पाए भने भारत आउँछु ।’


टीभि शो निर्माण गर्दै राखी
राखीले टीभी शो निर्माण गर्न बताउदै भनिन्, ‘टीभि शो निर्माण गर्नु मेरो ठूलो सपना रहेको छ । अब, म यो सपना पुरा गर्न सफल हुन्छु ।’


यस्तो छ लभ स्टोरी
उनले फ्यानसँग विवाह गरेको बताउदै भनिन्, ‘मेरो एक अन्तर्वार्ता हेरेपछि उहाँ मेरो फ्यान भएछन् । जब मलाई यो कुरा थाहा भयो मैले कुराकानी अगाडी बढाए । उसलाई पुरै जानेपछि मैले जीजसलाई प्रार्थना गरेकी ऊ मेरो पति बन्योस् । मेरो सोचेको जस्तो भयो । यो सम्बन्धबाट मेरो भाई र आमा पनि निकै उत्साहित हुनुहुन्छ ।’


यो भन्दा पहिला पनि राखीले दिपक कलालसँग विवाहको अनाउन्समेन्ट गरेकी थिइन् । दुवैले प्रेस मिट गर्दै विवाहको कुरा खुलाएका थिए । तर, उनीहरुको विवाहको मिति नजिकियो उक्त खबर झुटो सावित भयो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha