श्वेताको नयाँ ‘कफी सप’मा सेलिव्रेटीको घुइँचो (फोटो फिचर)

निर्माता तथा नायिका श्वेता खड्काले बालुवाटारमा नयाँ कफी सप सञ्चालनमा ल्याएकी छिन् । श्वेताले सोमबारदेखि बालुवाटारमा बन्दै गरेको भवनमा हिमालयन जाभा कफी सप सुरु गरेकी हुन् । श्वेताले दबरबामार्गको राइजिङ्ग मलपछि बालुवाटारमा कफी सप खोलेकी हुन् ।

श्वेताको नयाँ कफी सपमा नेपाली फिल्म क्षेत्रका थुप्रै हस्ती गएर कफीको चुस्की लिए । आकाश अधिकारी, रेखा थापा, दिपकराज गिरी, दिपाश्री निरौला, ऋचा शर्मा, पूजा शर्मा, शुभेच्छा खड्का, वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, गायक युवराज चौंलागाईं लगायत अन्य फिल्मकर्मीले नयाँ कफी सपमा पुगेर श्वेतालाई बधाई दिए ।

तस्बिर : कुशल घतानी राई

नेपाली र विदेशी पाहुनालाई मध्यनजर गर्दै बालुवाटारमा हिमालयन जाभा कफी सप सञ्चालनमा ल्याएको श्वेताले बताइन् । माझी बस्ती निर्माण गर्दै गरेकी श्वेता नयाँ फिल्म निर्माणको पनि तयारीमा छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha