सरोज-आश्मा ‘मायालु तिमी कता छौं’ भन्दै पानीमा रुझे

गायिका स्मिता दाहालको ‘मायालु तिमी कता छौं’ बोलको गीत सार्वजनिक भएको छ । लोक लयको गीतमा स्मिता र राजनराज सिवाकोटीको स्वर छ । गीतको भिडियो हेर्नुस् :

मनसुन लाई लक्षित गरेर सार्वजनिक गरिएको गीतमा कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराज सिवाकोटीले संगीत भरेका छन् ।

संजय लामाले खिचेको म्युजिक भिडियोलाई सन्देश शाहले सम्पादन गरेका छन् । विक्रम श्वारको कोरियोग्राफी र कन्सेप्टमा तयार भएको गीतलाई सरोज ओलीले निर्देशन गरेका हुन् । यो गीतबाट निर्माण टिम निकै आशावादी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha