‘मैले पैसा कमाउन रगत पसिना बगाएको छु’ : अक्षय

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमार यस वर्ष विश्वको १०० सर्वाधिक कमाउने सेलिब्रेटी लिस्टमा परेका छन् । उनी यो सूचीमा पर्न सफल एक्लो भारतिय कलाकार हुन् । २०१९ को हाइएस्ट पेड सेलिब्रेटी सूचीको ३३ औं नम्बरमा परेका अक्षयको कमाइ ६.५ करोड डलर (भारु.४४४ करोड) रहेको छ ।

अक्षयले यसै विषयमा एक अन्तर्वार्तामा खुलेर कुरा राखेका छन् । अक्षयले भने, ‘यस्तो कुराले स्वाभाविक रुपमा राम्रो लाग्छ । पैसा मेरो लागि सबथोक होइन तर मरो मिहेनतको कमाई हो । म एक एक पैसाको लागि निकै मिहेनत गर्छु । पैसा सहजै कमाइदैन । मैले पैसा कमाउन रगत पसिना बगाएको छु । त्यसैले मैले पैसाको महत्व बुझेको छु ।’

अक्षय कुमारको आगामी फिल्म ‘मिशन मंगल’ यहि अगस्त १५ मा रिलिज हुँदैछ । मल्टिस्टारर फिल्ममा अक्षय कुमारसँगै सोनाक्षी सिन्हा, तपसी पन्नु, विद्या बालन, शरमन जोशी, कीर्ति कुल्हारी, नित्या मेननको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha