‘टेलिफोन टावर’मा आकाश र एलिसाको प्रेम (भिडियो)

गीतकार अम्बिका गुरुङको ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईलाई फिचरिङ गरिएको छ । गीतमा लेखु सहयात्री र मेलिना राइको स्वर, दिपक शर्माको संगीत छ । गीतको भिडियो हेर्नुस् :

यो गीतले विशेषगरि, केटाकेटीको रोमान्टिक प्रेम देखाउँछ । गीतका गुरुङले दर्शकको मुखमा झुन्डिने शब्दहरु कोरेकी छिन् । भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राइको जोडी सुहाएको छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । विधानले यसअघि पनि थुप्रै गीतको भिडियो तयार पारिसकेका छन् ।

राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुत तिवारी र टिमको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha