‘साहो’ ट्रेलरमा प्रभास र श्रद्धाको खतरनाक एक्सन

एजेन्सी– बहुप्रतिक्षित बलिउड फिल्म ‘साहो’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बाहुबली स्टार प्रभास र नायिका श्रद्धा कपूरको एक्सन अवतारलाई देखाइएको छ । एक्सनको साथै उनीहरुको रोमान्सलाई पनि प्रस्तुत गरिएको छ । प्रोमो हेर्नुस् :

यो फिल्म बलिउडकै सबैभन्दा ठूलो एक्सन फिल्म हो । फिल्ममा एक्सन, स्टन्ट, सस्पेन्स र रोमान्स प्रस्तुत गरिएको छ । भारु साढे ३ अर्ब बजेटमा बनेको फिल्म झन्डै दुई वर्ष लगाएर तयार पारिएको हो । मल्टिस्टारर फिल्ममा प्रभास र श्रद्धासँगै नील नितिन मुकेश, अरुण विजय, ज्याकी श्राफ, मन्दिरा बेदी, चंकी पाण्डे, मुरली शर्मा लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मबाट प्रभास बलिउडमा डेब्यु गरेका छन् ।

सुजितले निर्देशन गरेको फिल्म हिन्दी, तमिल, तेलगु र मलयालम चार भाषामा रिलिज गरिने छ । यो फिल्म अगस्त ३० अर्थात भदौ १३ गते देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha