‘झ्याम पुतली’मा राते काईंलाको हिपहप (टिजर)

’राते काईला’ को उपनामले स्थापित सुनिल थापाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । फिल्ममा भिलेनको रुपमा देखिदै आएका सुनिल भिडियोमा पनि त्यहि अन्दाजमा देखिदैछन् । उनले अभिनय गरेको भिडियोको सार्वजनिक तस्वीर तथा टिजरमा उनलाई ’बोस’ को रुपमा चित्रण गरिएको अनुमान लगाउन सकिन्छ । टिजर :

सम्भवत सनिल पहिलो पटक हिपहप गीतमा देखिएका हुन् । ’झ्याम पुतली’ बोलको हिपहप गीतमा साइक्लोनिक अर्थात बिधान रेशमी मगर र नेपालको फास्ट र्यापरको परिचर बनाएका बुलेट फ्लो अर्थात सुरज बिक्रम थापाले तयार पारेका हुन् । यी दुइ समेत भिडियोमा फिचर्ड छन् । यसको अडियोलाई क्रोनिक बिटले तयार पारेको हो भने यसको भिडियोलाई बेस्मेन्ट स्टुडियोले । भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ । भिडियोको सार्वजनिक टिजरले नै यसलाई अन्तराष्ट्रिय लेभलको बनाउने प्रयाश गरिएको अनुमान लगाउन सकिन्छ ।

’नेपाली हिपहपको सिनारियोमा यो केहि फरक रहेको र यसको भिडियोलाई पनि विना सम्झौता तयार गरिएको बिधानले बताए । सुनिल पनि आफ्नो व्यक्तित्व अनुसार नै भिडियोमा प्रस्तुत भएको बताए । ’हिपहप रुचाउने मात्र होइन गीतसंगीत प्रेमीको मन छुने गरि अडियो र आँखालाई शितलता दिने भिडियो तयार पारेका छौ’ बिधान विश्वस्त सुनिए । गीतको सानो झलक अर्थात टिजर पनि सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha