रिमाको त्यो नशालु आँखा (भिडियो)

सन्तोष कालिकोटेको शब्द, सङ्गीत तथा स्वरमा ’तिम्रो त्यो नसालु’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा एरेन्ज भने रिकेश गुरुङको सुन्न सकिन्छ । गायक कालिकोटेको यसअघि ’छटपटि’ ’गुन्द्रुक मिठो’, जालैमा जालैमा लगायतका गीतहरु चर्चित रहेका थिए । गीतको भिडियो हेर्नुस् :

रोमान्टिक शैलीमा बनेको गीतलाई निशान घिमिरे कस्यपले निर्देशन गरेका हुन् । जहाँ जय रसाइली र रिमा विश्वकर्मा पिÞmचर्ड छन् । जहाँ दुईको क्यामेस्ट्री रोमान्टिक देखिएको छ । गोदावरी आसपासका स्थानमा खिचिएको गीतमा समरा जोसीको मेकअप,बुद्ध थापाको छायाकन र बिकास दाहालको सम्पादन देख्न सकिन्छ। गीतलाई निर्माण भने लक्ष्मी रसाइली र ललिता श्रेष्ठले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha