साराको जन्मदिनमा ‘कुली नम्बर १’को फर्स्ट लुक्स

एजेन्सी – बलिउड नायिका सारा अली खानको १२ अगस्त आज जन्मदिन हो । उनको जन्मदिनको अवसरमा आगामी फिल्म ‘कुली नम्बर १’को फर्स्ट लुक्स सार्वजनिक गरिएको छ । फस्र्ट लुक्सको रुपमा फिल्मको दुई पोस्टर सार्वजनिक गरिएको छ ।

एक पोस्टरमा सारा र वरुण धवन रहेका छन् । वरुणलाई कुलीको भेषमा प्रस्तुत गरिएको छ भने सारालाई ग्ल्यामरस अवतारमा प्रस्तुत गरिएको छ । अर्काे पोस्टरमा वरुणलाई मात्र देखाइएको छ । डेविड धवनले निर्देशन गरेको फिल्मलाई वासु बागनानी, ज्याकी बागनानी र दिपशिखा देशमुखले निर्माण गरेका हुन् ।

१९९५ सालमा आएको कुली नम्बर १ मा गोविन्दा अहुजा र करिश्मा कपूरको मुख्य भुमिका थियो । भने यसको रिमेकमा वरुण र सारा मुख्य भुमिका रहेको छ । यो फिल्म २०२० मे १ देखि प्रर्दशनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha