अनमोल ‘एन्टि हिरो’ बन्दै , भुवन भिलेन

युवा स्टार अनमोल केसी ‘एन्टी हिरो’ बन्ने भएका छन् । उनले खेल्ने नयाँ फिल्मको नाम एन्टी हिरो राखिएको छ । फिल्मको शिर्ष भूमिकामा अनमोल प्रस्तुत हुनेछन् ।

‘एन्टी हिरो’ मा अभिनेता भुवन केसी भिलेनको भूमिकामा प्रस्तुत हुनेछन् । फिल्मका निर्देशक चाँडै नै सार्वजनिक गरिने पिता केसीको भनाई छ । भुवन केसीले निर्माण गर्ने एन्टी हिरोको तिहार लगत्तै छायाँकन हुने पनि उनले जानकारी दिए । फिल्मको प्रदर्शन मिति भने तय नगरिएको भुवन केसीको भनाई छ । फिल्म एक्सन लभ स्टोरी जनरामा बन्नेछ ।

‘छायाँकन सकेर मात्रै प्रदर्शन मिति रोज्छौं’, भुवन भन्छन् । तर आउँदो नेपाली वर्षलाई लक्षित गर्दै एन्टि हिरो निर्माण गर्न लागिएको फिल्म वृत्तमा चर्चा छ । सोही मितिमा ‘प्रेम गीत ३’ को प्रदर्शन मिति तय गरिएको छ । ‘ए मेरो हजुर ३’ प्रदर्शन पश्चात अनमोलको ‘एन्टि हिरो’ बन्ने भएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha