काली प्रसादको स्वरमा ‘कबड्डी ३’को शीर्ष गीत

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत सार्वजनिक भएको छ । काली प्रसाद बास्कोटाको आवाज रहेको गीतमा काली प्रसादसँगै दयाहाङ राई, उपसना सिंह ठकुरी, अनुपम शर्मा फिर्चड छन् । गीत हेर्नुस् :

काली प्रसादको शब्द रहेको गीतमा सनी सुनामले संगीत भरेका छन् । फिल्ममा दयाहाङ राई, उपसना सिंह ठकुरीसँगै कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गरुङ, कविता आले, लोनिभा तलाधर, कमल मनी नेपाल अरुणा कार्की पोखरेल, शिला खनाल मनी के. राई लगायत कलाकारको अभिनय रहेको छ । रामबाबु गुरुङले निर्दशन गरेको फिल्ममा मनी राम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारको लगानी रहेको छ ।

शैलेन्द्र डि. कार्कीले छायांकन गरको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । यो फिल्म असोज ३ गते देखि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha