‘चर्चामा आउँनको लागि पोस्ट गर्दिंन’ : साम्राज्ञी

साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो फिल्म ‘ड्रिम्स’ नै बाट राम्रो चर्चा बटुलिन् । आठ वटा फिल्ममा अभिनय गरिसकेकी साम्राज्ञीको व्यक्तिगत जीवनको पनि उत्तिकै चर्चा हुन्छ ।

साम्राज्ञीले सामाजिक सञ्जालमा पोस्ट गर्ने सामाग्रको चर्चा हुने गर्दछ । साम्राज्ञीले बालीबाट प्रेमीसँग सेयर गरेको अन्तरंग तस्बिरले हंगमा नै मच्याएको थियो । प्रेमीसँगको तस्बिर चर्चामा आएपछि साम्राज्ञीले आफ्नै तरिकाले जवाफ फर्काइन् । साम्राज्ञी चर्चाको लागि यी सब कुरा गर्छिन् या उनले गर्ने काम कुराको चर्चा हुन्छ ?

बिहिबार रातो टिका निधारमाको प्रेसमिटमा साम्राज्ञीले भनिन्, ‘म कुनै पनि पोस्ट चर्चामा आउनको लागि गर्दिन । तर पोस्ट गरेको कुराको चर्चा हुन्छ ।’ साम्राज्ञी राज्यलक्ष्मी शाहको फिल्म ‘मारुनी’ यहिँ भदौ १३ गते रिलिज हुँदैछ भने ‘रातो टिका निधारमा’ दशैंको अवसर पारेर रिलिज हुँदैछ ।

नेवल नेपाल निर्देशित फिल्म मारुनीमा साम्राज्ञीले नायक पुष्प खड्का र अशोक शर्मा निर्देशित फिल्म रातो टिका निधारमा मा नव नायक अंकित शर्मासँग स्क्रिन सेयर गरेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha