साराको जन्मदिन मनाउन बैंकक पुगे कार्तिक

एजेन्सी – बलिउड नायिका सारा अलि खानको जन्मदिन मनाउन कार्तिक आर्यन बैंकक पुगेका छन् । केहि समय देखि सारा र कार्तिक प्रेम सम्बन्धमा रहेको चर्चा चलिरहेको छ । तर उनीहरुले साथी मात्र रहेको बताउदै आएका छन् ।

सारा ‘कुली नम्बर १’को सुटिङको लागि बैंकक पुगेकी थिइन् । कार्तिक साराको जन्मदिनलाई विशेष बनाउन कै लागि बैंकक पुगेका हुन् । कार्तिकले सामाजिक सञ्जालमा प्राइभेट बर्थडे सेलिब्रेशनको तस्बिर सार्वजनिक गरेका छन् । यो तस्बिर सार्वजनिक भएपछि भाइरल भइरहेको छ । साथै कार्तिकले प्रेम सम्बन्ध अफिसियल गरेका चर्चा पनि सुरु भएको छ ।

सारा र कार्तिकले ‘लभ आजकल २’मा एकसाथ काम थिए । यो फिल्मको छायांकन देखि उनीहरु एक अर्कालाई समय दिन थालेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha