‘हजार जुनीसम्ममा डवल रोल छैन’ : आर्यन सिग्देल

अभिनेता आर्यन सिग्देल आगामी फिल्म ‘हजार जुनीसम्म’को पखाईमा छन् । उनले यो फिल्मलाई आफ्नो डेब्यु फिल्म नै मानेका छन् । उनी यो फिल्ममा फरक भुमिकामा प्रस्तुत भएका छन् । आर्यानले फिल्ममा नयाँपन पाउँदा डेब्यु फिल्म नै भएको महसुस गरेको सुनाए ।

उनी फिल्ममा युवा अवस्था देखि लिएर प्रौढ उमेरसम्म प्रस्तुत भएका छन् । फिल्ममा आर्यनको ‘हजार जुनीसम्म’को प्रेम कहानीलाई प्रस्तुत गरिएको छ । उनले फिल्ममा डबल रोल नभएको खुलाउँदै भने, यो फिल्ममा मेरो डबल रोल छैन । हजार जुनीसम्म सिद्धान्त क्षेत्रीको जीवन र मनमा भएको इमोशनको यात्रा हो । उसको एउटा उमेरमा केहि घटना घटेपछि त्यहि घटनाको पखाईमा १५ वर्ष बिताउँछ । त्यसपछि उसको दुईटा छोराले गर्न खोजेको जीवनको यात्रालाई देखाइएको छ ।’

विकासराज आचार्यले निर्देशन गरेको फिल्ममा आर्यनसँगै सलोन बस्नेत, अखिलेष प्रधान, शिवहरी पौडेल, प्रियंका कार्की, विशाल चाम्लिङ, उत्तम प्रधान, संचिता लुइँटेल, अनुभव रेग्मी लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha