पोखरामा ३ दिने चलचित्र पत्रकारिता कार्यशाला

चलचित्र पत्रकार संघ, नेपालले पोखरामा तीन दिने बृहत चलचित्र पत्रकारिता कार्यशाला आयोजना गर्ने भएको छ । आइतबार संघको केन्द्रिय कार्यालयमा बसेको बंैठकले आउँदो भदौ १८, १९ र २० गते कार्यशाला गर्ने निर्णय गरेको हो ।

संघले एक विज्ञप्ती जारी गर्दै फिल्म विधासँग जोडिएर पत्रकारिता गरिरहेक पत्रकारहरु सहभागी हुन सक्ने जानकारी गराएको छ । विज्ञप्ती अनुसार, १५ सय शुल्क निर्धारण गरिएको कार्यशालामा सहभागी हुन चाहनेहरुले भदौ १० गते सम्म नाम दर्ता गराउनु पर्ने छ ।

कार्यशालामा सम्बन्धित विधामा दक्ष प्रशिक्षकहरुले पत्रकार आचारसंहिता तथा मिडिया कानुन, फिल्म समीक्षा, डिजिटल पत्रकारिता, समाचार भर्सेस गसिप, पर्यटन र फिल्म पत्रकारिता, फोटो र मल्टीमिडिया लगायतका विधामा प्रशिक्षण दिने बताइएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha