युरोपमा लप्पन छप्पन गर्दै चार स्टार

‘लप्पन छप्पन २’को युरोपका विभिन्न शहरमा छायांकन भैरहेको छ । नेपालको छोटो छायाँकनपछि युनिट युरोप उडेको हो । दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा र अनुप विक्रम शाहीलाई निर्देशक मुकुन्द भट्टले एक्सन कट गर्दैछन् ।

फिल्म लप्पन छप्पन २ को सेटबाट कलाकारहरुको विभिन्न रुप सार्वजनिक भैरहेका छन् । जहाँ सौगात, दया, अर्पण र अनुपलाई आ आफ्नै स्टाइलमा देख्न सकिन्छ । मेल मल्टीस्टारर फिल्ममा नायिकाको रुपमा नम्रता श्रेष्ठ र सुरविना कार्कीले अभिनय गर्दैछन् । फिल्मका सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान हुन् । फिल्मको छायाँकन अष्ट्रेलियामा पनि हुने बताइन्छ ।

फिल्म ‘लप्पन छप्पन २’ एक्सन जनरामा बन्दै गरेको फिल्म हो । फिल्मको प्रदर्शन मिति फागुणको ९ गतेलाई तोकिएको छ । निर्देशक भट्टकै निर्देशनमा लप्पन छप्पन फिल्म बनेको थियो । उक्त फिल्ममा सौगात र दयाको मुख्य भूमिका थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha