‘हजार जुनीसम्म’ले कुन मल्टिप्लेक्समा कति शो पायो ?

फिल्म ‘हजार जुनीसम्म’ जनैपूर्णिमाको अवसर पारेर बिहिबारदेखि नै प्रदर्शनमा आउने भएको छ । मल्टिप्लेक्स हलमा फिल्मको शो बाँडफाँड गरिएको छ ।

मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’लाई क्युएफएक्स अन्र्तगतका हलहरुमा १९ शो उपलब्ध गराइएको छ । काठमाण्डूको जय नेपालमा १, छायाँ सेन्टरमा १, लाविम मलमा २, कुमारीमा २, सिभिल मलमा ४ शो दिइएको छ । यस्तै पोखराको सिनेप्लेक्समा ३, नारायणघाटको जल्मामा ३ र विर्तामोडको अन सेटमा ३ वटा शो उपलब्ध गराएको छ । सरसर्ती हेर्दा विकासराज आचार्य कृत फिल्मले मल्टिप्लेक्समा राम्रो शो संख्या पाएको छ । यस्तै राजधानीका बिग मुभिज, क्युज सिनेमाज र बिएसआर मुभिज गोंगबुमा फिल्मले दुई दुई शो पाएको छ भने एफक्यु चावाहिलले ३ शो दिएको छ ।

फिल्म हजार जुनीसम्मलाई बिहिबारै नेपालमा रिलिज हुने बलिउडका दुई ठुला फिल्महरु मिसन मंगल र वाट्ला हाउस पनि सँगै रिलिज हुँदा हजार जुनीसम्मलाई असर गर्ने अनुमान छ ।

पारिवारिक प्रेम कथामा आधारित फिल्ममा आर्यन सिग्देल, संचिता लुईंटेल, प्रियंका कार्की, सलोन बस्नेत, अखिलेश प्रधान, अनुभव रेग्मी लगायत कलाकारहरुको अभिनय छ । कार्यकारी निर्माताको कविता रेग्मी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha