‘जाइरा’ की बुलेटको एक्सनको चर्चा

आउँदो भादौ ६ गतेबाट महिला केन्द्रित भनिएको फिल्म ‘जाइरा’ प्रदर्शनमा आउँदैछ । फिल्ममा नायिका नम्रता श्रेष्ठ शिर्ष भूमिकामा प्रस्तुत भएकी छिन् भने नव नायिका सृजना रेग्मी भिलेनको भूमिकामा छिन् ।

यो फिल्ममा नेगेटिभ रोल अर्थात् खलपात्र भूमिकामा श्रृजना रेग्मी कुन रुपमा प्रस्तुत भएकी छिन् होला त ? फिल्म रिलिज पश्चात् थाहा होला । तर जाइराको प्रोमोबाट भने बुलेट पात्र नोटिस भएको छ । जाइरा र बुलेटको टकराव साँच्चै हेर्न लायकको छ । नम्रता पनि बुलेटलाई अहिलेसम्मकै पावरफुल फिमेल भिलेनको क्यारेक्टर श्रृजनाले निभाएको दाबी गर्छिन् ।

फिल्मको ट्रेलर सार्वजनिक भएपछि श्रृजनाको लुक्स र एक्सनको सर्वत्र प्रशंसा भइरहेको छ । ट्रेलरको एक दृश्यमा उनको बाइक स्टन्टले अझ धेरैको ध्यान खिचेको छ । फिल्म रिलिज अगावै उनलाई एक्सनमा राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेर्न थालिएको छ । उनी पनि यो फिल्मलाई लिएर आफू निकै आशावादी रहेको बताउँछिन् । फिल्ममा आफूले एक्सनमा निकै मेहनत गरेको उनको भनाई छ ।

नम्रता र श्रृजनासँगै फिल्ममा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगर लगायतको पनि अभिनय छ । यसलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन् । पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन्। कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको यसका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । बाबु श्रेष्ठले फिल्म खिचेका हुन् ।

केही समयअघि टिजर र एउटा गीत सार्वजनीक गरिएको फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको फिल्मको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई बिदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा,सम्वाद रहेको फिल्ममा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ ।

उत्तम केसी, बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको फिल्म भरपुर मनोरञ्जक बनेको निर्देशक पुजन बताउछन् । ‘सोच’ लाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha