यसरी हुँदैछ शाहरुख खानकी छोरीको बलिउडमा डेव्यु

एजेन्सी – शाहरुख खान र गौरी खानकी छोरी सुहाना खान बलिउडमा डेब्यु गर्नको लागि निकै मिहेनत गरिरहेकी छिन् । सुहाना बलिउडकी एक पपुलर स्टारकिड हुन् । उनले बलिउडमा डेब्यु गर्ने चर्चा लामो समय देखि चलिरहेको छ ।

सुहाना आफ्नो पिताको बाटो पछ्याउदै अभिनय क्षेत्रमा आउन चाहन्छिन् । सुहाना हाल बलिउड डेब्युको लागि अभ्यास कक्षा लिइरहेकी छिन् । सुहानाले मन्नत बंगलामा शाहरुखको फिल्म हेर्न थालेकी छिन् । सुहाना शाहरुखको डेब्यु फिल्म देखि लिएर हाल सम्मको सबै फिल्म हेरिरहेकी छिन् । साथै उनी आफ्नो पिताको कामलाई पनि निकै ध्यान दिइरहेकी छिन् ।

सुहाना केहि समय पहिला आगामी सर्ट फिल्मको कारण चर्चामा थिइन् । यो फिल्मको नाम ‘द ग्रे पार्ट अफ ब्लू’ हो । यसको एक पोस्टर पछिल्लो हप्ता सार्वजनिक गरिएको थियो । सुहाना पोस्टरमा ब्ल्याक र ब्लू डे्रसमा देखिएकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha