युरोपमा फोटो खिचेर फर्कियो ‘लप्पन छप्पन २’ टिम !

युरोपमा छायांकन गर्न पुगेको ‘लप्पन छप्पन २’ को टिम छायांकन नगरी नेपाल फर्किएका छन् । फिल्मका कलाकारले युरोपमा लप्पन छप्पनको टिम भन्दै सामाजिक सञ्जालमा फोटो पोस्ट चाहिं गरेका थिए । तर निर्माण टिमको समन्वय नमिल्दा कलाकारहरु घुमफिर गरेर मात्रै शनिबार नेपाल फर्किंन बाध्य भएको हो ।

फिल्मको छायांकन युरोप र अस्टे«लियामा गर्ने बताइएको थियो । पहिला युरोपमा फिल्मको छायांकन गरेर अष्टे«लिया जाने निर्माण टिमको योजना रहेको थियो । तर निर्माण टिमले छायांकनको अनुमतिसम्म नलिई युरोप उड्दा खाली हात फर्कनु परेको छ । फिल्मको छायांकनको लागि अभिनेता दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुपबिक्रम शाही सहित १७ जनाको टिम युरोप पुगेका थिए ।

फिल्मका निर्देशक मुकुन्द भट्टले छायांकनको व्यवस्था नमिलाई युरोप उडेको आरोप टिमकै सदस्यको छ । निर्माण टिमले युरोपमा फिल्मको छायांकन स्थगित भएपछि अष्टे«लियामा छायांकन गरेर मात्रै युरोप जाने योजना बनाएका छन् । युरोपमा केही मोन्टाज सट भने लिइएको बताइन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha