‘हजार जुनीसम्म’गीत : प्रियंकाको मायामा हराए आर्यन

प्रदर्शनरत फिल्म हजार जुनीसम्मको रोमान्टिक गीत सार्वजनिक भएको छ । सत्य सत्य बोलको गीतमा नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो हेर्नुस् :

हजार जुनीसम्को सार्वजनिक यो नयाँ गीतमा सुगम पोखरेलको स्वर छ । प्रविण पौडेलको संगीत रहेको गीतको शब्द मानस विक्रम थापाले लेखका हुन् । विकासराज आचार्य कृत फिल्ममा समावेश दुई वटा गीतहरु यसअघि नै सार्वजनिक भैसकेका छन् । फिल्ममा आर्यन र प्रियंकासँगै संचिता लुईंटेल, अखिलेश प्रधान, सलोन बस्नेत, अनुभव रेग्मी लगायत कलाकारहरुको अभिनय छ । फिल्मका सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha