मन छुने ‘मारुनी’ (सेलिव्रेटी शोका तस्बिरहरु)

आइतबार फिल्म ‘मारुनी’को विशेष शोको आयोजना गरिएको थियो । विशेष शोमा केही सेलिव्रेटी अनुहार उपस्थित भएका थिए । भुवन केसी, पल शाह, केकी अधिकारी, रिमा विश्वकर्मा, बर्षा राउत लगायतले मारुनी हेरेर प्रशंसा गरे । ‘मारुनी’को विशेष शोमा उपस्थित केही सेलिव्रटीको तस्बिर यस प्रकार छन् ।

नवल नेपाल निर्देशित फिल्म मारुनीको कथा वस्तु बलियो रहेको सबैको प्रतिक्रिया थियो । पुनम क्षेत्री निर्मित फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, पुष्प खड्का रेविका गुरुङको मुख्य भूमिका छ । । तस्बिर : कुशल घतानी राई

प्राय: नेपाली चलचित्र हेरेर हल बाट बाहिरिदा तरकारीमा नुन नपुगे जस्तो खल्लो भएर निस्किन्थे। चलचित्रमा देखिएका कमीकम्जोरीलाई ढाक छोप गर्न केही अब्बल पक्षको तरिफ गर्थे स कहिले गीत राम्रो, कहिले कास्टिड़, कहिले छायांकन त कहिले फाइट। आज भने राम्रो नेपाली चलचित्र हेरियो ‘मारूनी’ साँच्चै भन्नु पर्दा ’पशुपती प्रशाद’ पछि बल्ल अर्को नेपाली चलचित्रले मन छोयो । सबै कुरा चट्ट मिलाएर स्वादिलो फिल्म चखाउने निर्देशक नवल नेपाललाई हार्दिक नमन । आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने सम्पूर्ण कलाकार र राम्रो चलचित्र निर्माणमा खट्नु भएका हरेक सदस्यलाई हार्दिक बधाई !: रिमा विश्वकर्मा

मारुनी हेरेपछि एउटै चिजको दुख लाग्यो , नवल दाइ म यो फिल्ममा किन छुइन ? : केकी अधिकारी

एउटा उत्कृष्ट चलचित्र “मारुनि” । साथी पुष्पको काम धेरै राम्रो लाग्यो । बधाई सम्पूर्ण टिमलाई : पल शाह ।

#maruni
Watched one of the very special and beautiful movie with a great story. It was very beautifully portrayed. All the actors were superb and absolutely justified their individual roles. Hats off to all the team for giving our industry another beautiful story. Best wishes Puspa Bahadur KhadkaSamragyee Rajya Laxmi ShahNawal Nepal and entire Maruni team. : Barsha Raut

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha