‘लालुमै लालुमै’मा प्रकाश र रियासाको रमाइलो (भिडियो)

नेपाल आइडल पहिलो संस्करणमा उत्कृष्ट दश भित्र पर्न सफल सुरज थापाको शब्द तथा संगीत रहेको लालुमै लालुमै बोलको गीत सार्वजनिक भएको छ । लोक शैलीको गीतमा विवेक थापा र तारा थापाको स्वर छ । भिडियो हेर्नुस् :

लालुमै लालुमै गीतको भिडियोमा चर्चित लोक दोहोरी गायक तथा मोडल प्रकाश सपूत, रियासा दाहाल र कुमार लामाको अभिनय रहेको छ । गीतमा प्रकाशले बाबु र छोराको दोहोरो भूमिका निर्वाह गरेका छन् । उत्तम हुँमागाइँको छायांकन रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

गम्भीर विष्टको कोरियोग्राफी गरेको गीतको भिडियोलाई सुरज थापा आफैंले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha