अनुपलाई भेट्न शहर आइन् आँचल (भिडियो)

अनुप बिक्रम शाही र आँचल शर्माले मोडलिङ गरेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘तिम्रो शहर’ बोलको गीतमा साहिमा श्रेष्ठको स्वर रहेको छ भने दिपक शर्माको संगीत तथा अमर बान्तुको शब्द रचना रहेको छ । गीतको भिडियो हेर्नुस् :

फिल्म निर्देशक बसन्त निरौला निर्देशित यस गीतको भिडियोमा अनुपलाई भेट्न उनको शहर आएकी छन् । आँचलले धेरै कोशिस गरेपछि मात्र अनुपले उनको प्रेम स्विकारेका छन् । गीतमा आँचलको नृत्य आकर्षक छ । यसअघि पनि आँचल र अनुपले म्युजिक भिडियोमा सँगै काम गरेका थिए ।

भिडियोमा पबित्रा आचार्यको कोरियोग्राफी रहेको छ । दिव्य सुवेदी सिनेमाटोग्राफर रहेको यस भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । आकर्षक स्थलहरुमा छायांकन गरिएको यस गीतले इन्टरनेटमा रिलीज भएसँगै तारिफ पाईरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha