पलको दिल चोर्ने ‘माकुरी’ एलिशा (भिडियो)

गीतकार अम्बिका गुरुङको शब्दमा ‘दिल चोर्ने माकुरी’ अर्थात् मखमली चोली २ बोलको गीत सार्वजनिक गरिएको हो । शान थापाको निर्देशनमा बनेको यस गीतको भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन् । राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ । गीतको भिडियो हेर्नुस् :

मखमली चोलीको सफलतापछि उक्त टिमले मखमली चोली २ तयार गरेको हो । मखमली चोली बोलको गीतले युट्युबमा ६५ लाख बढि भ्युज पार गरिसकेको छ । दिल चोर्ने माकुरी बोलको गीतमा राजन खतिवडाको संगीत रहेको छ । गीतमा दील चोर्ने माकुरीलाई उजुरी दिने कुरा गरिएको छ । गीतकार अम्बिका गुरुङ केटाले मन पराएपछि केटीलाई फकाउन गरेको कुराकानीलाई गीतमा समेटिएको बताउँछिन् ।

गीतमा सुमन केसी र मेलिना राईले स्वर दिएका छन् । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोमा सुरेश काफ्लेले ड्रेन उडाएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha