‘फिल्म बनाउँदा अपराध गरे जसरी पेश गरियो’: साहो निर्देशक

एजेन्सी– साउथ सुपरस्टार प्रभास र श्रद्धा कपूर स्टारर बलिउड फिल्म ‘साहो’ले हिन्दी भर्जनमा १३० करोड ९८ लाख कमाई सकेको छ । तर यो फिल्मले साउथमा खासै राम्रो गर्न सकेन । समीक्षकले पनि फिल्मको निकै आलोचना गरे ।

फिल्मको आलोचना हुदाँ पनि लामो समय सम्म टीमले केहि जवाफ दिएनन् । हालै फिल्मका निर्देशक सुजितले मिडिया प्रति आक्रोश पोख्दै भने, ‘फिल्म प्रति प्रभास सर र प्रोडुसरलाई विश्वास थियो । दर्शकले पनि फिल्म मन पराए । तर मैले यो फिल्म बनाएर अपराध गरे जसरी पेश गरियो । मिडियाले पनि फिल्मलाई टारगेट गरेर रिपोर्ट सार्वजनिक गरे । फिल्म रिलिजपछि मैले अन्तर्वार्तामा नो कमेन्टस् भनेको थिए । तर त्यसलाई पनि अन्तर्वाता बनाएर छापियो ।’


सुजितले निर्देशन गरेको फिल्ममा प्रभास र श्रद्धासँगै महेश मांजरेकर, चंकी पाण्डे, मन्दिरा बेदी, ज्याकी श्राफ, नील निति मुकेश, एवलिन शर्मा, टिनू आनन्द लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha