जापानको टोक्योमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’

जापानको टोक्योमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ सम्पन्न गरिसकेपछि यतिबेला दोस्रो शृंखलाको घोषणा राजधानीमा भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजनागर्दै अवार्ड आयोजक कम्पनि सुर्य कर्पोरेसन लिमिटेडक अध्यक्षबासुदेव लामिछाने दोस्रो शृंखलाआउँदो नोभेम्बरमाहुने घोषणा गरेका हुन् । अभिनय , गायन , नृत्य र हास्यविधामा रहेर अवार्ड आयोजनागरिने र अघिल्लो वर्ष भन्दाझनै भव्यबनाउने उनले बताए ।

घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डकाआध्यक्ष केशव भट्टराई , चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय , चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले , अभिनेता भुवन केसी , अभिनेत्री गौरी मल्ल , गायक रामकृष्ण ढकाल , अभिनेत्री श्वेता खड्का , गायक हेमन्तशर्मा , अभिनेत्री सरिता लामिछाने , निर्देशकऋषि लामिछाने , गायक कमल खत्री , अभिनेता प्रशान्त ताम्राकार , गायक युवराज चौलागाईं , गायिका मिलन अमात्य र एञ्जिला रेग्मी , गायक हेमन मोक्तान , निर्माता अमृत घोले लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममाआउँदो नोभेम्बर २४ मा टोकियोमा अवार्ड हुने जानकारी गराइयो । यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । केहि दिनमा नोमिनेशन सार्वजनिक गरिनेछ र नोमिनेशनलाई परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो । अवार्ड अगाडी साताव्यापी रुपमाविभिन्नकार्यक्रमको आयोजनागरिने छ । जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट , फिल्म र पर्यटन सम्बन्धिअन्तरक्रियात्मककार्यक्रमहरु रहनेछन् । नेपालीफिल्मीक्षेत्रलाई नै फाइदापुर्याउने उदेश्यले अवार्ड आयोजनागर्न लगिएको हो । अवार्डमागतवर्ष अर्थात २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिकभएकाफिल्मतथागीतसंगीतले

सहभागिता जनाउन पाउनेछन् । पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमाहुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागीहुनेछन् । अवार्ड समारोहमादुइदशकलामो फिल्मीयात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड , एक दशकलामो फिल्मीयात्रा तय गरेकाफिल्मकर्मीलाई फिल्मकर्मी सम्मान , एक पत्रकारलाई फिल्मपत्रकारिता सम्मानपनिप्रदानगरिनेछ । परेकाआवेदनको आधारमा छनौट समितिले टप ३ को नोमिनेशन सार्वजनिकगर्नेछ । कार्यक्रमको अफिसियलएमसीको रुपमा नरेश भट्टराई रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha