अर्जुन कुमारको ‘चपली हाइट ३’ मा सुपुष्पाको इन्ट्री

निर्माता अर्जुन कुमारले ‘चपली हाइट–३’ निर्माणको औपचारिक घोषणा गरेका छन् । मंगलबार प्रेसमिट गर्दै निर्माता कुमारले चपली हाइट ३ निर्माण बारे विस्तृतमा जानकारी दिए ।

एडल्ट प्रस्तुतीका कारण चर्चित रहेको चपली हाइटको तेश्रो सिक्वेललाई निकेश खड्काले निर्देशन गर्नेछन् । अर्जुन कुमारले नै बनाएको फाटेको जुत्ताबाट निकेशले फिल्म निर्देशनको सुरुवात गरेका थिए । यसअघिका दुई सिक्वेलको लेखन तथा निर्देशन दिपेन्द्र के.खनालले निर्देशन गरेका थिए ।
अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रुपमा निर्माण गर्ने फिल्मबाट फिल्म क्षेत्रमा महेश त्रिपाठीले नायकको रुपमा डेव्यु गर्दैछन् भने नायक आमिर गौतमले निरञ्तरता पाएका छन् । यस्तै नायिका सुपुष्पा भट्ट र नव(नायक प्रतिक श्रेष्ठको पनि ‘चपली हाइट ३’ अभिनय रहेनछ । फिल्मलाई यस वर्षको अन्त्यमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

यस्तै निर्मात अणा शर्जुन कुमारले अन्य दुई फिल्म निर्माणको घोषणा गरेका छन् । ‘फाटेको जुत्ता’ को दोस्रो श्रृंखला र ‘खै’ नामक फिल्म बनाउने निर्माता कुमारको योजना छ । चपली हाइट ३ लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । संगीत भने अर्जुन आफ्नै र प्रवेश मल्लिकको रहनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha