श्रद्धा र सुशान्तको ‘छिछोरे’को सुखद कलेक्सन

एजेन्सी– बलिउड अभिनेत्री श्रद्धा कपूर र सुशान्त सिंह राजपुतको फिल्म ‘छिछोरे’ले सुखद कलेक्सन गरिरहेको छ । यो फिल्मले मंगलबार सम्म भारु ५४ करोड १३ लाख ग्रस कलेक्सन गरेको छ ।

गत शुक्रबार देखि प्रर्दशन भईरहेको फिल्मले ७ करोड ३२ लाखमा ओपनिङ थियो । फिल्मले दोस्रो दिनमा झन्डै दोब्बर कलेक्सन गरेको छ । कलेज लाइफमा आधारित फिल्मलाई युवा पुस्ताले निकै रुचाइरहेका छन् । फिल्मले शनिबार १२ करोड २५ लाख कलेक्सन गरेको छ भने आइतबार १६ करोड ४१ लाख, सोमबार ८ करोड १० लाख, मंगलबार १० करोड ५ लाखको कलेक्सन गर्दै ५४ करोड १३ लाख कलेक्सन गरेको हो ।

नितेश तिवारीले निर्देशन गरेको फिल्ममा साजिद नाडावालाको लगानी रहेको छ । फिल्ममा श्रद्धा र सुशान्तसँगै वरुण शर्मा, तहिर राज भासिन लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha