‘भद्रगोल’ टिमको ‘सक्किगोनी’ यो मितिदेखि आउँदैछ

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिशृंखला ‘भद्रगोल’का टिमले नयाँ हाँस्य टेलिशृंखला ल्याउने भएका छन् । भद्रगोल टिमले बुधबार काठमाडौंमा प्रेस मिट गर्दै भद्रगोलकै थिममा ‘सक्किगोनी’ हाँस्य टेलिशृंखला ल्याउने घोषणा गरेका हुन् । मिडिया हबसँगको विवादपछि समुहले नयाँ नामको हाँस्यव्यांग्य टेलिफिल्म ल्याउन बाध्य भएको हो ।

‘सक्किगोनी’ मा सबै जसो कलाकार भद्रगोलकै छन् । भद्रगोललाई दिपक आर्चायले निर्देशन गरेका थिए भने सक्किगोनी लाई पनि दिपक आर्चायले नै निर्देशन गर्नेछन् । टेलिशृंखलामा कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (क्रकोज), रक्षा श्रेष्ठ, दिपक आर्चाय, शंकर आर्चाय, लगायत कलाकारको अभिनय रहने छ ।

यो समुह नखेलेको भद्रगोलको पछिल्लो भागलाई युटुवमा लाइक कम डिस्लाइक ज्यादा आएको छ । सक्किगोनी असोज २ गते देखि नेपाल टेलिभिजन र युटुवमा प्रशारण हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha