‘रातो टिका निधारमा’को पोस्टरमा अंकित र साम्राज्ञी केन्द्रमा

फिल्म ‘रातो टिका निधारमा’को यही शुक्रबार शिर्ष गीत सार्वजनिक हुँदैछ । यो भन्दा अगाडी निर्माण टिमले फिल्मको अफिसियल पोस्टर सार्वजनिक गरेको छ । अशोक शर्मा निर्देशित फिल्मको पोस्टरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक अंकित शर्मालाई केन्द्रमा राखिएको छ ।

साम्राज्ञी र अंकित सँगै रातो निधारमा को पोस्टरमा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मी लगायतका कलाकार पनि अटाएका छन् । दशैंको अवसर पारेर असोज १० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म रातो टिका निधारमा को पोस्टर रातो टिका र जमराको रङ्गले पोतिएको छ

शुक्रबार सार्वजनिक हुने रातो टिका निधारमा गीतमा शम्भुजित बाँस्कोटाको संगीत छ । यो सुपरहिट गीतको भिडियोमा महानायक राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले कम्मर मर्काएका छन् । रिमेक भर्सनमा साम्राज्ञी र अंकितले ठुम्का लगाएका छन् । गीतको कोरियोग्राफी बसन्त श्रेष्ठले गरेका छन् ।

सहदेव ढुंगानाको शब्दमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर छ भने नयाँमा प्रमोद खरेल र मेलिना राई स्वर दिएका छन् । रातो टिका निधारमाको रिमेक भर्सन र भिडियो कस्तो होला त ? शुक्रबारसम्म प्रतिक्षा गरौं ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha