‘प्रेम संसार’को पहिलो गीतमा प्रेम सोनी र आयुष्माको रोमान्स

फिल्म ‘प्रेम संसार’को ‘सुनैना सुनैना’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो । गीत हेर्नुस् :

राम गौतमको कोरियोग्राफी रहेको गीतमा नायक प्रेम सोनी गहतराज र नायिका आयुष्मा कार्की रोमान्टिक मुडमा देखिएका छन् । अन्जु पन्त र राजेश पायल राईको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । फिल्ममा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की, मोनिका दाहाल, बिबिशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल विक, यम बहादुर विक, विजय सुनार, टंक मरासैनी, किशोर पाण्डे, लगायत कलाकारको अभिनय रहेको छ ।

सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको फिल्मको कथा लेखन, निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार (गहतराज) हुन् भने, उतम केसी र देविन गहतराज कार्यकारी निर्माता, कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् ।

फिल्ममा अर्जुन पोखरेल र विवि अनुरागीको संगीत, शंखर महर्जनको एक्सन, एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी ,दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ । यो फिल्म मंसिर १३ गते देखि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha