‘पासवर्ड’को प्रिमियरको लागि नेपाल आइन् सन्नी लियोनी

बलिउड अभिनेत्री सन्नी लियोनी ‘पासवर्ड’ फिल्मको प्रिमियरको लागि नेपाल आउने आइपुगेकी छिन् । उनी बिहिबार साँझ पासवर्ड फिल्मको प्रिमियरमा सहभागी हुनेछिन् । बिहिबार दिउँसो ४ : १० बजे एअर इण्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्नी ल्याण्ड भएकी हुन् ।

एअरपोर्टबाट हायात होटेल पुगेर केहि समय विश्राम गरेपछि सन्नी प्रिमियरमा सहभागी हुनेछिन् । शनिबार भारत फर्किने सन्नीले शुक्रबार नेपालका केहि स्थानमा भ्रमण गर्ने ‘पासवर्ड’ टिमले बताएको छ । सम्राट बस्नेतले निर्देशन गरेको एक्सन फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरा लगायत कलाकारको अभिनय रहेको छ ।

अमित बस्नेत र हिराल जोशीको लगानी रहेको फिल्ममा अजित के.आर थापाको सह–लगानी रहेको छन् । अमरजीत सिंहले छायांकन गरेको फिल्मलाई सौरभ लामाले सम्पादन गरेका छन् । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको फिल्मको कथा सिमा गुरुङले लेखेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha