दिनेश डिसी, भुवन चन्ददेखि निखिल उप्रेतीसम्मलाई ‘जनसेवा श्री पदक’

संविधान दिवसको अवसरमा नेपाल सरकारले ‘जनसेवा श्री पदक’ घोषित गरेको छ । राष्ट्रिय जीवनका कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्याउने विदेशी नागरिकलाई पनि ‘जनसेवाश्रीे मानपदवी’ प्रदान गरिन्छ ।

नेपाल सरकारले यो वर्ष विभिन्न कलाकार समेतलाई प्रदान गर्न लागेको छ । फिल्म निर्देशक तथा रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डिसी, नायक निखिल उप्रेती, नायिका श्वेता खड्का, वरिष्ठ कलाकार बसुन्धरा भुषाल, भुवन चन्द, शुरेश अधिकारी, स्व खुशीराम पाख्रिन, नारायण देवी प्रधान, एक नारायण भण्डारी आदि लाई पदक घोषित गरिएको छ ।

नेपाल सरकारले पाँच प्रकारका जनसेवा श्री पदक हुने व्यवस्था गरेको छ । प्रथम श्रेणी – सुप्रसिद्ध प्रबल जनसेवा श्री, द्वितीय श्रेणी – प्रसिद्ध प्रबल जनसेवा श्री, तृतीय श्रेणी – सुप्रबल जनसेवा श्री, चतुर्थ श्रेणी – प्रबल जनसेवा श्री र पञ्चम श्रेणी – जनसेवा श्री ।यसमध्ये अधिकांस कलाकार क्षेत्रका व्यक्तित्वले तृतीय र चतुर्थ श्रेणीको पदक प्राप्त गरेका छन् ।

जनसेवा श्री तेस्रो र चौथो पाउने कलाकारिता क्षेत्रका प्रतिनिधिहरू:
भुवन चन्द
बसुन्धरा भुसाल
भैरव बि थापा
नारायण देवी प्रधान
दिनेश डिसी
मनोज गजुरेल
निखिल उप्रेती
बद्रि पंगेनी
धिरज राई
जसमाया गुरुङ
टंक आचार्य
नारायण ओली
श्वेता खड्का
राम कृष्ण दुवाल
चेत नारायण राई
सुरेश अधिकारी
एकनारायण भण्डारी
धर्मराज गुरुङ
शान्तिराम राई

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha