पहिलो दिन ‘कबड्डी ३’ को रेकर्ड तोड कलेक्सन (भिडियो)

‘कबड्डी कबड्डी कबड्डी’ ले प्रदर्शनको पहिलो दिन आक्रमक व्यापार गर्न सफल भएको छ । फिल्मले शुक्रबार एक करोड ४७ लाखको ग्रस कलेक्सन गरेको फिल्मका निर्माता मणिराम पोखरेलले जानकारी दिए । यो भिडियो हेर्नुस् :

शुक्रबार फिल्मको ओपनिङ बम्पर भएपछि शनिबार फिल्म युनिटले राजधानीका हल हलमा पुगेर दर्शकसँग साक्षत्कार गरिरहेको छ । अभिनेता दयाहाङ राई, नायिका उपासनासिंह ठकुरी, कलाकारहरु विल्सन विक्रम राई, बुद्धि तामाङ, बिजय बराल, निर्देशक रामबाबु गुरुङ गोपिकृष्ण हलमा पुगेका थिए । फिल्मले बम्पर ओपनिङ गर्दा फिल्म युनिट दंग देखिए ।

सोही माहोलमा नायिका उपासनासिंह ठकुरीको जन्मदिनको केक समेत काटियो । ‘कबड्डी ३’ उपासना अभिनित दोश्रो फिल्म हो । यो फिल्मबाट उलने प्रशंसा पाइरहेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha