‘कमेडी च्याम्पियन’ मा उत्कृष्ट चौविस छानिए

केहि समय अगाडी घोषणा गरिएको रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले अघिल्लो सातामात्रा डिजिटल अडिसनसंगै फिजिकल अडिसन गरेर टप २४ छनौट गरेको छ । डिजिटल अडिसनमा मोबाइलएप, वेबसाइट, सामाजिक सञ्जाल पेजसंगै रेडियो अडियो मार्फत सहभागी २ हजार प्रतियोगी मध्येबाट निर्णायक मण्डलले एक सय पाँच छनौट गरेको हो ।

गत असोज २ र ३ गते गरिएको फिजिकल अडिसनमा सहभागी एक सय पाँच मध्येबाट २४ छनौट भएका हुन् । उनीहरुले प्रत्यक्ष रुपमा निर्णायक माँझ आफ्नो कला प्रस्तुत गरेका थिए । जसलाई वरिष्ठ हाँस्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराईको निर्णायक मण्डलले छनौट गरेको थियो । २४ छनौट प्रतियोगी मध्ये २ भारतको दार्जिलिङ र असामका रहेका छन् । छनौट भएका २४ लाई कमेडी च्याम्पियन टिमले नै क्लोज क्याम्पमा राखेर मोनिटर गर्नेछ । उक्त प्रतियोगी मध्येबाट टप १५ लाई निर्णायकले नै छनौट गर्नेछन् भने त्यसपछि भोटिङ मार्फत कमेडी च्याम्पियनको विजेता चयन हुनेछ ।

प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्नेछ । अभिनेत्री केकी अधिकारी, राज घिमिरे र सृजय थपलिया निर्माता रहेको शो विशाल भण्डारीको निर्देशनमा तयार हुँदैछ । शोलाई पछिल्लो समय नेपाल आइडलको दुई सिजन होस्ट गरेकी रीमा विश्वकर्माले होस्ट गर्नेछिन् । शो ७५ प्रतिशत स्क्रिप्टेड हुनेछ, जसलाई शान बस्न्यातले लेखेका हुन् ।

विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । कार्यक्रम चाँडै नै कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । यसलाई रेडियो अडियोबाट पनि सुन्न सकिनेछ । वेलकम एड्भरटाईजीङको बजार व्यस्थापन रहेको शोको टेक्निकल पाटोलाई शनबिले हेर्नेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha